एमालेको प्रदेश १ का १० जना सांसदले नेपाल नेतृत्वको नेकपा एस पार्टी राजेसँगै मुख्यमन्त्री परे अल्पमतमा — OSNepal

एमालेको प्रदेश १ का १० जना सांसदले नेपाल नेतृत्वको नेकपा एस पार्टी राजेसँगै मुख्यमन्त्री परे अल्पमतमा

LC (KTM) September 01, 2021 0

काठमाडौँ १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश १ का १० जना सांसद नेकपा एकीकृत समाजवादी जाने भएका छन् ।

नेकपा एस पार्टी सनाखतको लागि प्रदेश सांसदहरु प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर गएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य पनि अल्पमतमा परेका छन् । ९३ कुल सांसद रहेको प्रदेशमा १ मा नेकपा एमालेका मात्र ५१ जना सांसद रहेका थिए ।

त्यसमा अब १० जना माधव नेपाल नेतृत्वका पार्टी एसमा जाने भएपछि मुख्यममन्त्री आचार्य अल्पमतमा परेका हुन् ।

एमाले छाड्ने सांसदहरूमा राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिता चौधरी, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, गणेश काङवाङ, खिनु लङ्वा लिम्बु र सावित्री रेग्मी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर