बागमती प्रदेश र प्रदेश १ मा नेकपा एसको मुख्यमन्त्रीमा दावी — OSNepal

बागमती प्रदेश र प्रदेश १ मा नेकपा एसको मुख्यमन्त्रीमा दावी

LC (KTM) September 01, 2021 0

काठमाडौं १६ भदौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ ।

अन्य पाँच प्रदेशमा गठवन्धन दलको मुख्यमन्त्री बनेपछि दूई प्रदेशमा नेकपा एस पार्टीले दावी गरेको हो । नेकपा एमालेबाट फुटेर नेकपा एस पार्टीले मान्यता पाएसँगै प्रदेश १ मा र वाग्मती प्रदेशमा एमाले अल्पमतमा परेको छ ।

बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतरमा परिसकेकी छिन् । भने, प्रदेश नं १ मा पनि भीम आचार्यको मुख्यमन्त्री पद पनि धरापमा परेको छ ।

आज बिहान एक कार्यक्रममा विरोध खतिवडाले दुई प्रदेशमा आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने दावी गरेका हुन् । बागमतीमा राजेन्द्र पाण्डे र प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर