चाहिने काम भएको छ कि छैन, त्यो महत्वपूर्ण हो मन्त्रि नहुँदा पहाड नै खस्यो भन्ने कुरा होइन — OSNepal

चाहिने काम भएको छ कि छैन, त्यो महत्वपूर्ण हो मन्त्रि नहुँदा पहाड नै खस्यो भन्ने कुरा होइन

LC (KTM) September 01, 2021 0

काठमाडौं भदौ १६ । नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले बाग्मती र प्रदेश १ मा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

आज बिहान एक कार्यक्रममा बोल्दै नेता खतिवडाले अन्य पाँच प्रदेशमा गठवन्धन दलको सरकार बनिसकेकोले दुई प्रदेशमा भने आफ्नो पार्टीको सरकार बन्ने दावी गरेका हुन् । पाँच वटा प्रदेशमा गठबन्धन दलका सरकार छन् ।

‘अब बाग्मती र प्रदेश १ मा प्रक्रिया सुरु हुन्छ र एकीकृत समाजवादीको नेतृत्व सरकारमा बन्छ ।’ कार्यक्रममा उनले भने । सत्ता बाहिरका मुख्यमन्त्रीलाई समर्थन नगर्ने भन्दै उनले घुमारो अर्थ नेकपा एमाले सरकारलाई समर्थन नगर्ने स्पष्ट पारेका छन् ।

उनले कार्यक्रममा आफ्नो पार्टीको कारण मन्त्रिपरिषद् विस्तार नभएको भन्ने समाचार गलत भएको भन्दै गठबन्धनको बैठकमा माधव नेपाल र उपेन्द्र यादवको द्वन्द्व भएको भन्ने कुरा पनि प्रोपागन्डा भएको बताएका छन् ।

उनले अघि भने , ‘हामीले संयुक्त सरकार बनाएका छौं । यसमा को दिने, को माग्ने रु यो एकले दिने अर्कोले लिने कुरा होइन । संसद् ब्यूँतायौ, संविधानलाई लिकमा ल्यायौं । तर हामीलाई अहिले सत्तामा जान हतार भएको बेतुकको हल्ला गरिएको छ ।’

मन्त्रिपरिषद् विस्तार राजनीतिक र प्राविधिक कारण अड्केको बताएका उनले भने ,’चाहिने काम भएको छ कि छैन, त्यो महत्वपूर्ण हो । मन्त्री नहुँदा पहाड नै खस्यो भन्ने कुरा होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर