भारतबाट फर्किएका खनाललाई भेट्न निवासमा पुगे प्रचण्ड, के के भयो कुराकानी ? — OSNepal

भारतबाट फर्किएका खनाललाई भेट्न निवासमा पुगे प्रचण्ड, के के भयो कुराकानी ?

LC (KTM) September 01, 2021 0

काठमाडौं, १६ भदौ – नेकपा एमालेबाट हालै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल डल्लु पुगेका छन् ।

भारतको नयाँदिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरी स्वदेश फर्केको पर्सीपल्ट माओवादी अध्यक्ष प्रचण्डले खनाल निवास पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

‘कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिन आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुग्नु भयो,’ सापकोटाले जानकारी दिएका छन, ‘अध्यक्ष प्रचण्डले कमरेड खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।’

खनाललाई डल्लुस्थित निवासमा पुगेर स्वास्थ्य लाभको कामना गर्ने प्रचण्ड पहिलो शिर्ष नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर