मन्त्रिपरिषद् विस्तार गर्दा-गर्दा गठवन्धनका पार्टी फुट्ने डर — OSNepal

मन्त्रिपरिषद् विस्तार गर्दा-गर्दा गठवन्धनका पार्टी फुट्ने डर

LC (KTM) September 01, 2021 0

काठमाडौं । लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचित प्रधानमन्त्री देउवालाई सरकारलाई पूर्णता दिन अझै समय लाग्ने भएको छ । सरकारलाई पूर्णता दिने विषयलाई लिएर सोमबारेदेखि नेताहरू छलफलमा छन् । दुईपटक गठबन्धनको बैठक बसेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

मंगलबारको बैठकबाट ठोस सहमति गर्ने नेताहरूको मनसायमा संसदको चौथो र पाँचौ दलका अध्यक्ष बाझाबाझ गर्दा धक्का लागेको छ । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले ‘मालदार मन्त्रलाय’ मा दावी गरेपछि मंगलबारको बैठक पनि निष्कर्षविहीन बनेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा नेपाल र यादव दुवैले भौतिक पूर्वाधार र उद्योग मन्त्रालय आफूलाई नै अड्डी कसेका थिए । दुई मन्त्रालयलाई लिएर दुई नेता बाझेपछि कसलाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने विषयमा थप प्रगति हुन सकेको छैन् । यही कारण पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । यसलाई रोक्ने अर्को विषय पनि छ । हरेक दलका सांसदको इच्छा जसरी पनि मन्त्री हुने छ । केहीअघि पार्टीमा मन्त्री बन्न कुरा लगाउनेहरूदेखि हैरान भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदजति सबैले मन्त्री खोजको भन्दै दिक्दारी व्यक्त गरेका थिए ।

यस्तै अवस्था जनता समाजवादीमा पनि छ । सबैले मन्त्रीमा दावी गरेपछि उपेन्द्रलाई पनि नाम टुंगो लगाउन सकस परेको छ । सरकारले ल्याएको अध्यादेश अनुसार जसपाका ४ जना सांसदले चाहेको खण्डमा मात्रै पनि छुट्दै दल दर्ता गर्न सक्ने अवस्था छ ।

यस्तोमा अहिले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रीको भाग नपाउनेहरू असन्तुष्ट भएर पार्टी फुटाउँछन् कि भन्ने डर उपेन्द्रलाई छ । यही भएका कारण राजनीतिक दल विभाजन गर्ने सम्बन्धी अध्यादेश निष्क्रिय नबनाउँदासम्म मन्त्रिपरिषद् विस्तारमा हुने सम्भावना कम छ । निर्वाचन आयोगले २२ गतेसम्म दल छान्न एमाले र जसपाका सांसदलाई समय दिएको छ ।

त्यसअघि अध्यादेश निष्क्रिय बनाउन मिल्ने अवस्था छैन । त्यसकारण दलभित्रको सम्भावित पहिरो रोक्न पनि अब भदौ २२ यता सरकारले पूर्णता पाउने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर