बार्सिलोनालाई लगातार अर्को धक्का, मेस्सीपछि यि चर्चित खेलाडीले पनि क्लब छाडे — OSNepal

बार्सिलोनालाई लगातार अर्को धक्का, मेस्सीपछि यि चर्चित खेलाडीले पनि क्लब छाडे

LC (KTM) September 01, 2021 0

काठमाडौं, १६ भदौ । फ्रान्सेली स्ट्राइकर एन्टेनियो ग्रिजम्यान पूर्वक्लब एथ्लेटिको म्याड्रिड फर्किएका छन् । साविक ला लिगा विजेता एथ्लेटिको म्याड्रिडले ग्रिजम्यानलाई बार्सिलोनाबाट एक वर्षका लागि भित्र्याएको हो ।

आर्थिक समस्यामा गुज्रिरहेको बार्सिलोनाले ग्रिजम्यानसहित ११ खेलाडी गुमाएको छ । यसअघि लियोनल मेस्सीसमेत बार्सिलोना छाड्दै पेरिस सेन्ट जर्मेन ९पिएसजी० पुगिसकेका छन्।

३० वर्षीय स्ट्राइकर ग्रिजम्यानले बार्सिलोनामा एक सय दुई खेल खेल्दै ३५ गोल गरेका थिए । ग्रिजम्यानले बार्सिलोनामा रहँदा ुकोपा डेल रेुको मात्रै उपाधि हात पारे ।

यसअघि एथ्लेटिकोबाट सन् २०१९ मा बार्सिलोना जानु अघि ग्रिजम्यानले दुई सय ५७ खेल खेल्दै एक सय ३३ गोल गरेका थिए । ग्रिजम्यानले अब बार्सिलोनाका पूर्वसहकर्मी लुईस स्वारेजसँगै अग्रपंक्तिमा भूमिका निर्वाह गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर