नगरपालिकाद्वारा छात्रवृत्ति वितरण — OSNepal

नगरपालिकाद्वारा छात्रवृत्ति वितरण

Kesh Karki (USA) September 01, 2021 0

बागलुङ नगरपालिकाले प्राविधि शिक्षा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई मासिकरूपमा छात्रावृत्ति उपलबध गराउन थालेको छ ।यसका नगरपालिकाले लागि ‘गोविन्द अधिकारी व्यावसायिक छात्रावृत्ति’ कार्यक्रम ल्याएको छ । तीन वर्षअघिदेखि नै नीति तथा कार्यक्रममा राखेको उक्त कार्यक्रम कार्यविधि बनाइएको थियो । गत वर्षदेखि वितरण गर्ने भने पनि कोरोनाका कारण यस वर्षदेखि सामुदायिक विद्यालय तथा प्राविधिक धारमा अध्ययनरत २७ विद्यार्थीलाई मासिक छात्रावृत्ति वितरण गर्न शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

कक्षा ९ र १० मा अध्ययन गर्नेलाई मासिक रु एक हजार र कक्षा ११, १२ र डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक रु दुई हजारका दरले रकम उपलब्ध गराइने छ ।आगामी दिनमा विद्यार्थीको बैंक खातामै चौमासिकरूपमा छात्रवृत्ति भुक्तानी गरिने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘ पूर्व सांसद स्व गोविन्द अधिकारीको सम्मानमा’ नगरपालिकाले जेहेन्दर विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने अभिप्रायले तीन वर्षअघिदेखि कार्यक्रम ल्याएको हो ।“यसले यस वर्षबाट सार्थकता पाएको छ, कार्यविधि बनाउन समय लाग्यो र लगत्तै कोरोना कहर भएकाले ढिलै भए पनि छात्रावृत्ति वितरण गर्न थालेका छौँ”, उहाँले भन्नुभयो “ प्लस टु पास गर्ने विद्यार्थी छात्रवृत्तिको सूचीबाट घट्ने र कक्षा ८ पास गरेका विद्यार्थी कार्यविधिअनुसार छनोटमा पर्नेछन्, सङ्ख्यात्मकरूपमा आगामी वर्ष विद्यार्थीको सङ्ख्या बढ्दै जाने छ ।”

छात्रवृत्ति कार्यक्रमबाट भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । छात्रावृत्ति पाउँदा आफूलाई अध्ययनमा धेरै सहयोग पुग्ने धवलागिरि प्राविधक प्रतिष्ठानमा अध्ययनरत संरचना विकले जानकारी दिनुभयो ।मङ्गलबार सङ्घीय सांसद मनकुमारी केसी, नगर प्रमुख पौडेल तथा स्व अधिकारीकी श्रीमती भीमा अधिकारीलगायतले २७ विद्यार्थीलाई छात्रावृत्ति वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर