वाइसिएल पटिहानीको ईन्चार्जमा महतो र अध्यक्षमा ढकाल चयन — OSNepal

वाइसिएल पटिहानीको ईन्चार्जमा महतो र अध्यक्षमा ढकाल चयन

LC (KTM) August 31, 2021 0

भरतपुर- योङ्ग कम्युनिस्ट लीग भरतपुर-२२, पटिहानीको ईन्चार्जमा महेश महतो र अध्यक्षमा चन्द्रकान्त ढकाल चयन भएका छन् । नेकपा ९माओवादी केन्द्र० का जिल्ला सचिबालय सदस्य एवम् बागमती प्रदेशका सांसद रामलाल महतोको प्रमुख आतिथ्यता एवम् वडा कमिटीका अध्यक्ष महेश महतोको अध्यक्षतामा सम्पन्न भेलाले उक्त निर्णय गरेको हो ।

वाईसीएल वडा ईन्चार्ज सुग्रीब गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पार्टीका भरतपुर महानगर कमिटी सदस्य एवम् प्रचार बिभागका रामहरि सेढाईले पार्टीको अवस्था र युवाहरूको भुमिकाबारे प्रकाश पारेका थिए ।

कमिटीको उपाध्यक्षमा चन्द्रकला ओझा, सचिबमा सन्जिव सिंह बिश्वकर्मा, सह( सचिबमा सुजन पन्त, कोषाध्यक्षमा सन्जु पौडेलसहित ४५ सदस्यीय वडा कमिटीमा सर्बसम्मत रूपमा चयन भएको हो । भेलामा महानगर कमिटी सदस्य सुमन ढकाल, रामहरी सेढाई, अबिनाश रम्तेल एबम जिल्ला सल्लाहकार दिननाथ आचार्य, टेकनाथ तिमिल्सिना, वडा कमिटी अध्यक्ष सन्तोष शर्मा लगाएतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर