एनआरएनए मध्यपूर्व संयोजकमा अर्यालद्धारा उम्मेदवारी — OSNepal

एनआरएनए मध्यपूर्व संयोजकमा अर्यालद्धारा उम्मेदवारी

LC (KTM) August 31, 2021 0

दमाम – गैर आवासीय नेपाली संघ साउदी अरबको मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।सामाजिक कार्य प्रति रुचि राख्ने अर्यालले संघको आगामी कार्यकालका लागि संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन्। सन् २०१३ बाट अर्याल एनआरएनए अभियानमा निरन्तर क्रियाशिल देखिन्छन् ।

“सुरक्षित, मर्यादित वैदेशीक रोजगार र श्रम मैत्री अभियान हाम्रो सरोकार।” भन्ने मुल नाराका साथ अगामी एनआरएनए आईसीसीको २०२१-२०२३ कार्यकालको लागी मध्यपूर्व संयोजकमा उम्मेदवार घोषणा गरेका हुन ।

दमाम शहरमा आफ्नै व्यवसाय गर्दै आएका पाल्पा जिल्ला रम्भा गाउँपालिका-१, असेर्दीका अर्याल सन् १९९९ नोभेम्बरमा साउदी प्रवेश गरेका थिए ।

उम्मेदवार राजेन्द्र अर्यालको घोषणापत्र :-

१.राहत र उद्दार कार्यमा सदैव तत्पर रहनेछु ।

२.बैदेशिक रोजगार ऎन २०६४ लाई पुर्णरूपमा कार्यान्वयन गर्न/गराउन सरोकारवालाहरू सँग पहल गर्नेछु ।

३.एनआरएनए द्वारा संचालित परियोजनामा मध्यपूर्बका आप्रबासिहरूलाइ लगानि गर्न प्राथमिकताका आधारमा सुअबसर प्रदान गर्न पहल गर्नेछु ।

४.अन्य सामाजिक संघ/संस्थासँग मिलेर सहकार्य गर्नेछु ।

५.अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपूर्बका एनसिसिसँग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर