करिनाले सौतेनी छोरी सारालाई अफयेरको बारेमा सोधेपछि दिइन मुख भरिको जवाफ — OSNepal

करिनाले सौतेनी छोरी सारालाई अफयेरको बारेमा सोधेपछि दिइन मुख भरिको जवाफ

LC (KTM) May 19, 2021 0

एजेन्सी( सैफ अली खान र करिना कपुर बलिउडका चर्चित दम्पतीमा पर्छन् । उनीहरूले जहाँ, जे गरे पनि समाचार बनिहाल्छ । आ–आफ्नै स्टारडम बनाएका करिना र सैफबारे दर्शकलाई निकै चासो रहने गर्दछ । मिडियाकर्मीले पनि सैफसँग करिनाको बारेमा अनि करिनासँग सैफको बारेमा सोधीखोजी गर्ने गर्दछन् ।

करिना पछिल्लो समय रेडियो कार्यक्रम सो ह्वाट वुमन कान्टका कारण चर्चामा छिन् । उनी हालै आफ्नी बेस्ट फ्रेन्ड अमृता अरोराका साथमा कोमल नहाटाको च्याट सोमा पुगेकी थिइन् । कोमलले करिनालाई उनका पति सैफ अलीको विशेष बानीका बारेमा सोधे । करिनाले सैफलाई फुट मसाज निकै प्यारो भएको खुलासा गरिन् ।

‘सैफ दुनियाँमा जहाँ गए पनि पहिला फुट मसाज गराउँछन्,’ करिनाले भनिन्, ‘फुट मसाज कहाँ छ, त्यो पत्ता लगाएर खुट्टा पसारिहाल्छन् । उनलाई फुट मसाज गराउनमा निकै लगाव छ ।’ नयाँ पत्रिकामा खबर छ ।करिनाले सैफले घरमा पनि ‘पैर दबादो’ भन्ने गरेको बताएकी छिन् ।

उक्त सोमा कोमलले करिनालाई सैफकी हिरोइन छोरी सारा अलीको अफेयरबारे सोधेका थिए । करिनाले सारालाई आफ्नो पहिलो हिरोसँग डेट नगर्न सल्लाह दिइन् । सारा उनको पहिलो फिल्म केदारनाथका हिरो सुशान्तसिंह राजपुतसँग अफेयरमा रहेको चर्चा चल्ने गरेको छ । नाताले आमा–छोरी भए पनि करिना र साराबीच साथीको जस्तो सम्बन्ध रहेको भारतीय मिडियाले उल्लेख गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर