आज १७८६ जना संक्रमणमुक्त हुँदा १६४ संक्रमित भने भेन्टिलेटरमा — OSNepal

आज १७८६ जना संक्रमणमुक्त हुँदा १६४ संक्रमित भने भेन्टिलेटरमा

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ११७ पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६२ हजार ६४७ पुगेकोम मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, थप २० जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा हालसम्म कोरोबाट ज्यान गुमाउनेको संख्या १० हजार ७५० पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर