वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले छाडेर नेकपा एस पार्टी प्रवेश गरेका पाण्डेको दावी — OSNepal

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले छाडेर नेकपा एस पार्टी प्रवेश गरेका पाण्डेको दावी

LC (KTM) August 31, 2021 0

काठमाडौं १५ भदौ । वाग्मती प्रदेशमा नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएका नेता राजेन्द्र पाण्डले प्रदेश सरकारको लागी दावी गर्ने भएका छन् ।

आजै एमालेका पाण्डे सहित १२ले माधव नेपाल नेतृत्वको नेकपा एस पार्टीमा प्रवेश गरेसँगै प्रदेशको मुख्यमन्त्रीमा पाण्डेले दावी गरेका हुन् ।

५५ सांसदको समर्थन चाहिनेमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ४४ जना सांसदको मात्र समर्थन रहेकाले उनी अब अल्पमतमा परेकी छन् ।

सरकारले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेपछि फुटेको एमाले पार्टीको वाग्मती प्रदेशको सरकार अल्पमतमा परेको हो ।

पाण्डले आफुलाई पार्टीले अगाडी सारेको भन्दै सत्तारुढ गठबन्धनमा पनि आफुलाई प्रदेश सरकार बनाउन सहमत भएको बताएका छन् ।

भदौ २२ गते सम्म निवार्चन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर