उदयपुर १५ भदौ । १४ वर्षिया किशोरीलाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले निजलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले अनुधान अगाडी बढाएको बताएको छ ।