कोरोना प्रभाबितको राहत पाउनेमा पँहुजवाला मात्र — OSNepal

कोरोना प्रभाबितको राहत पाउनेमा पँहुजवाला मात्र

LC (KTM) August 31, 2021 0

जुम्ला, १५ भदौ-तिला गाउँपालिका–१ को रारालिही गाउँमा दुई सय ८० घरधुरी छन्, जसमध्ये ५१ घर दलितका छन्। गाउँमा सबैभन्दा न्यून आय भएका बली सार्की हुन् । उनले अहिलेसम्म केही पनि राहत भएका छैनन् ।सोही गाउँका जिते दमाईको ६ जनाको परिवार छ । विपन्न परिवारका उनी दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । दमाईले अहिलेसम्म पनि कुनै संस्थाको राहत पाएका छैनन् ।

यसपटक किडार्कले दिएको कोराना प्रभावितको राहतबारे आफूलाई कुनै जानकारी नआएको उनले बताए । ‘निर्वाचनका बेला दलितको भोटको खोजी हुन्छ । चुनाव जितिसकेपछि त्यही भोट दिएर जिताएको दलितको गरिबीको बारे सोधखोज हुँदैन,’ उनले   भने ।

बली सार्की र जिते दमाई प्रतिनिधि पात्र मात्र हुन्, यस्ता समस्या धेरैको मिल्दोजुल्दो छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग र किडार्क नेपाल जुम्लाको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमका कार्यक्रम अधिकृत महेन्द्रजंग शाहीले भने कोरोना प्रभावित हुन् होइन भनेर पहिचान गर्ने जिम्मा वडाध्यक्षलाई दिएको बताए । किडार्क नेपालले पालिकासँगको सहमन्वयमा सम्बन्धित वडालाई वास्तविक कोरोना प्रभावितलाई छान्ने जिम्मेवारी दिएको उनको भनाइ छ । तर कोभिड प्रभावितको नाममा पहुँचवालाले मात्रै राहत पाएको स्थानीयको गुनासो छ ।

तिला गाउँपालिका १ का वडाध्यक्ष प्ररबहादुर रावतले कोभिड प्रभावित नागरिकले मात्रै राहत पाएको दाबी गरे । उनले तरकारीको बीउ उमार्ने समयमा किडार्कले बीउ उपलब्ध नगराएका कारण कृर्षि औजार सदुपयोग हुन नसकेको बताए । ‘किसानहरुको खेती प्रणाली सुधार गर्न कृषि औजार उपलब्ध गरिएको हो । यसअघि तरकारी खेती गरेर जीविकोपार्जन गर्ने किसानलाई औजारको अभावले तरकारी सोचे जस्तो फलाउन सकेको थिएनन् । तरकारी खेती गर्ने किसानको आवश्यकतालाई बुझेर औजार दिएपछि अब सहज हुने भएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर