वाग्मती प्रदेशसभाका नेकपा एमालेका राजेन्द्र पाण्डे सहित १२ जनाले रोजे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी — OSNepal

वाग्मती प्रदेशसभाका नेकपा एमालेका राजेन्द्र पाण्डे सहित १२ जनाले रोजे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ भदौ । वाग्मती प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १२ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

आज मंगलबार हेटौडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई ती सांसदहरुले आफु नेपाल नेतृत्वको पार्टीमा आवद्ध हुन चाहेको बताएका हुन् ।

राजेन्द्र पाण्डे,मुनु सिग्देल,माधव पौडेल लगायतले उमालेका पार्टी छोड्ने भएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्नेमा ;
राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर