अवैध लागुऔषध खैरो हिरोइनसहित २० वर्षीय सरोज डंगोल पक्राउ — OSNepal

अवैध लागुऔषध खैरो हिरोइनसहित २० वर्षीय सरोज डंगोल पक्राउ

LC (KTM) August 31, 2021 0

मकवानपुर १५ भदौ । अवैध लागु औषध खैरो हिरोइन सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका १४ मुरढाप बस्ने २० वर्षीय सरोज डंगोल अन्य दुई जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा उक्त लागुऔषध सहित तिन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका ५ पुष्पलाल पार्कबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामत गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर