यति मोटो रकमसहित १४ जुवाडे परे प्रहरीको फन्दामा — OSNepal

यति मोटो रकमसहित १४ जुवाडे परे प्रहरीको फन्दामा

LC (KTM) August 31, 2021 0

काठमाडौं १५ भदौ । विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका ७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्का लगायत ७ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका जुवाडेको साथबाट प्रहरीले नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित बरामत गरेको छ ।

त्यस्तै, सोही नगरपालिका १५ मा पनि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

सोही नगरपालिका बस्ने सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका ८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङसहित प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास बरामत गरेको जनाएको छ । पक्राउ परेका सबैमाथि अथ अनुशन्धान अगाडी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर