लामो समय देखि नउठेको काठमाडौंको फोहोर भोली बिहानबाट उठाइने फोहोर व्यवस्थापन गर्दा सिसडोलमा समस्या आए बल प्रयोग गरिने — OSNepal

लामो समय देखि नउठेको काठमाडौंको फोहोर भोली बिहानबाट उठाइने फोहोर व्यवस्थापन गर्दा सिसडोलमा समस्या आए बल प्रयोग गरिने

LC (KTM) August 31, 2021 0

काठमाडौं १५ भदौ । काठमाडौंमा तीन हप्तादेखि नउठेको फोहोर भोलिबाट भने उठाइने भएको छ ।

आज मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरीका अधिकारीसहितको बैठकले यस्तो निणर्य गरेको हो ।

लामो समय देखि नउठेको फोहोरले उपत्यका नै प्रदुषित बन्ने खतरा रहेको भन्दै सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको बताइएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने,’स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौं । हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

सिसडोलको समस्या समाधानका लागि महानगरले पहल गर्ने गरी फोहोर उठाउन लागिएको हो । तर, सिसडोलमा २०६२ सालदेखि फोहोर व्यवस्थापन गरिँदै आइएको छ । यसको जिम्मेवारी त शहरी विकास मन्त्रालय भएको शाक्यले बताए ।

भोली बिहान ६ बजेबाट उठाइने फोहोर व्यवस्थापन गर्दा समस्या आएमा प्रशासनले शान्ति–सुरक्षाको व्यवस्था समेत गर्ने बताएका शाक्यले भने, ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौति देखियो भने शान्ति-सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउँछ ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर