बाँकेमा थप १७ जना संक्रमितको मृत्यु — OSNepal

बाँकेमा थप १७ जना संक्रमितको मृत्यु

LC (KTM) May 19, 2021 0

काठमाडौँ ५ जेठ । बाँकेमा थप १७ जना कोरोना संक्रमितको ज्यान गएको छ । हिजो साँझ ५ बजेदेखि आज बिहान ६ ३० बजेको अवधिमा बाँकेको विभिन्न अस्पतालमा उपचाररत १७ जना संक्रमितको ज्यान गएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये बाँकेका ८ जना , बर्दियाका ३ जना , दाङ, रूकुम पश्‍चिम र कैलालीका २ २ जना रहेका छन् ।

ज्यान गुमाउनेमा भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका-१८ की ७३ वर्षीया महिला,नेपालगञ्‍ज उपमहानगरपालिका-६ का ४५ वर्षीय पुरूष,नेपालगञ्‍ज उपमहानगरपालिका-४ का ६७ वर्षीय पुरूष,कोहलपुर नगरपालिका-१२ का ४१ वर्षीय पुरूष,राप्तीसोनारी गाउँपालिका-२ की ५९ वर्षीय महिला,कोहलपुरु नगरपालिका ११ की ५८ वर्षीया महिला,बाँकेकै नेपालगञ्‍ज उपमहानगरपालिका २ का ६१ वर्षीय पुरूष, कोहलपुर नगरपालिका ४ का ४२ वर्षीय पुरूष,

बढैयाताल गाउपालिका(२ बर्दियाका ८४ वर्षीय पुरूष,ठाकुरबाबा नगरपालिका ९का ६३ वर्षीय पुरूष,ठाकुरबाबा नगरपालिका १ की ३८ वर्षीया महिला,३० वर्षीया महिला,त्रिवेणी गाउँपालिका(१ रूकुम पश्‍चिमकी २७ वर्षीया महिला,सानोभेरी नगरपालिका ११ का ३६ वर्षीय पुरूष,टिकापुर नगरपालिका-१६ कैलालीका २८ वर्षीय पुरूष, लम्कीचुहा नगरपालिका-५ कैलालीकी ६८ वर्षीया महिला रहेका छन् ।

हाल सम्म कोरोना संक्रमणबाट बाँकेमा मात्र २ सय ५३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर