सभापतिको साझा उम्मेद्धवारको चयन गर्न पौडेल पक्षको छलफल सुरु आजै सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाइँदै — OSNepal

सभापतिको साझा उम्मेद्धवारको चयन गर्न पौडेल पक्षको छलफल सुरु आजै सरकारमा सहभागी हुने मन्त्रीको पनि टुंगो लगाइँदै

LC (KTM) August 31, 2021 0

काठमाडौं १५ भदौ । आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेद्धवारको चयन गर्न आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको आफ्नो समूहको छलफल सुरु गरेका छन् ।

पौडेल पक्षबाट यस पटक सभापतिको आकांक्षीमा पौडेल स्वयम, प्रकाशमान सिंह, डा। शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला देखिएका छन् ।

आजको बैठकमा नै पौडेल पक्षले वर्तमान सरकारमा आफ्नो पक्षबाट सहभागी हुने मन्त्रीको नाम समेत टुंगो लगाउने भएको छ ।

यस पटक सरकारले पौडेल पक्षलाई २ वटा मन्त्रालयल दिने भएको छ । तथापी, पौडेलले भने तीन मन्त्रालय मागेका छन् । उनले सुजाता कोइराला र तेजुलाल चौधरीलाई मन्त्री बनाउन चाहेको पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर