सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु — OSNepal

सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु

LC (KTM) May 19, 2021 0

बुटवल ५ जेठ । आज बिहान नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । भारत तर्फ जाँदै गरेका तिन युवकलाई प्रहरीले रोक्न खोज्दा ठुलो संख्यामा आएको मानिसको हुलदंगा नियन्त्रण गर्न प्रहरीले गोली चलाएको प्रहरीले बताएको छ ।

नवलपरासी पश्चिमका २२ वर्षीय अविनाश राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल लैजाँने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले बताएका छन् ।

भारत जान खोजेका राजभरलाई सशस्त्र प्रहरीले रोकेको विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर