स्नेही काखकी आमा श्रीनेहा एक्कासी रुदै मिडियामा, भन्छिन् खानेकुरा छैन मेरो बच्चाहरु बचाउन सक्छु कि सक्दिन यो लकडाउनमा (भिडियो हेर्नुस) — OSNepal

स्नेही काखकी आमा श्रीनेहा एक्कासी रुदै मिडियामा, भन्छिन् खानेकुरा छैन मेरो बच्चाहरु बचाउन सक्छु कि सक्दिन यो लकडाउनमा (भिडियो हेर्नुस)

LC (KTM) May 19, 2021 0

सात सय वर्गफिट जग्गामा बाँसले बारेर बनाइएका ‘ट्रस्ट’। मानसिक अवस्था ठिक नभएका महिला र बलात्कारबाट जन्मिएका बालबालिकाको बसोबास छ त्यहाँ। तीमध्ये एक महिला, जसको मानसिक स्थिति ठिक छैन। गर्भमा सात महिनाको शिशु छ। उनको चीत्कारले जोकसैलाई झसंग पार्छ। उनी फोहोरको डंगुरबाट उद्धार गरेर त्यहाँ पुर्‍याइएकी हुन् । बलात्कारबाट गर्भवती भएकी ती महिलालाई बलात्कारको अर्थ थाहा छैन। उनले भनिन्, ‘मलाई नराम्ररी छोए तिनीहरूले। नचला नचला भन्दै थिएँ।’ उमेरले करिब ६०/६५ नाघेकी आमा नेपाल स्नेही काखकी अर्की बिरामी हुन्। उनी आफूलाई कुनै समयकी नृत्यांगना र टेलिफिल्मकी कलाकार रहेको दाबी गर्छिन्। उद्धारको समयमा उनी हिँड्न नसक्ने अवस्थामा थिइन्। अहिले उनी पूर्ण रूपमा हिँड्न मात्र होइन, भजन गाउने पनि गर्छिन् ।

त्यसै अर्की आमा जो अर्धनग्न थिइन्। उनको शरीरमा कपडाको नाममा पुरुषका भित्री वस्त्रमात्र थिए। उद्धारका क्रममा उनको शरीरका धेरै ठाउँमा दाँत गाडेका चोट थिए। आफू पटकपटक बलात्कारको सिकार भएको उनको दुःखेसो छ। बलात्कारको अर्थ नजानेकी उनले विगतका ती नारकीय क्षण सम्झँदै भनिन्, ‘मलाई स्वास्नी बनाए तिनीहरूले, मलाई छोडिदेओ नचलाओ भन्दा अनुहारमा मुक्का हान्थे।’ यस अप्ठेरा् क्षणमा स्नेही काखकी आमा श्रीनेहा पोखरेल रुदै मिडियामा आएकी छिन् । आफ्नो आश्रयमा रहेका बालबालिकाहरु र दिदी बहिनीहरुलाई खुवाउने अन्न पनि अभाव भएपछि श्रनिेहा रोईन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर