भारतीय फुटबल टोली नेपालमा , साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल संग २ मैत्री पुर्ण खेल खेल्दै — OSNepal

भारतीय फुटबल टोली नेपालमा , साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल संग २ मैत्री पुर्ण खेल खेल्दै

LC (KTM) August 30, 2021 0

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय फुटबल टीम आज काठमाण्डौ उत्रिएको छ । भारतीय टिम अपरान्ह नेपाल आईपुगेको एन्फाले जनाएको छ ।

भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा का उपाध्यक्ष शिक्षित पराजुली लगायतले बिमानस्थलमै पुगेर स्वागत गरेका थिए । नेपालसँगको मैत्रीपूर्ण खेलका खेल्नकै लागि भनेर इन्डिया फुटबल फेडेरेसनले सुनिल क्षेत्रीको कप्तानीमा शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले सिनियर खेलाडीलाई समावेश गर्दै मैत्रीपुर्ण खेलका लागि टिमको घोषणा गरेका हुन् । नेपालले भारत संग २ वटा मैत्रीपुर्ण खेलहरु खेल्ने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेल भदौ १७ र २० गतेका लागि तोकिएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर