मिर्गाैला प्रत्यारोपण गरेर फर्के झलनाथ खनाल — OSNepal

मिर्गाैला प्रत्यारोपण गरेर फर्के झलनाथ खनाल

LC (KTM) August 30, 2021 0

काठमाडौं, १४ भदौ-पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौैैला प्रत्यारोपाण गरेरसोमबार सोमबार स्वदेश फर्किएका छन् ।भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर