नेपालमा पछिल्लो २४ घण्टामा थप २,२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा थप २,२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

LC (KTM) August 30, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अबधीमा १८०८ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आज कोरोनाका कारण सोही अबधीमा १६ जनाले ज्यान गुमाएका छन् ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६६५, ललितपुरमा १३८, झापामा ११७, कास्कीमा १०७, भक्तपुरमा १०३ र सुनसरीमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर