एनआरएनएमा आर्थिक अनुशासन कडाईका साथ लागु हुन्छ : एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठ — OSNepal

एनआरएनएमा आर्थिक अनुशासन कडाईका साथ लागु हुन्छ : एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठ

LC (KTM) August 30, 2021 0

लण्डन । गैर आवासीय नेपाली संघ ९एनआरएनए० का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संघले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटा मध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताउनु भयो ।

उहाँ एनआरएनए १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुनुहुन्छ । उहाँ जापानमा बसोबास गर्दै आउनु भएको छ ।

संघको हालको आमदानीबारे उहाँ भन्नुहुन्छ, ुअसार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग ५ करोड जति रहेको छ । र, सबै देशहबाट सदस्यत शुल्क ५ डलरको हिसाबले आउनेक्रममा छ ।ु

उहाँले अगाडि भन्नुभयो, ुयो अधिवेशनसम्म हामीले ९, १० करोड जति आम्दानी गर्छौं ।ु

२००३ देखि आजसम्म आउँदा आर्थिक पक्ष अलि व्यवस्थित भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
हामीले विभिन्न प्रोजेक्ट र सचिवालय खर्चलगाएतका सबै खर्चको डिडिए गर्यौं र त्यसबाट हाम्रो खर्चबारे पूर्ण विवरण पायौं र त्यही अनुसार काम गर्यौं, कोषाध्यक्ष श्रेष्ठले भन्नुहुन्छ, ुयसरी नै हाम्रो संस्थाको आर्थिक पक्ष पारदर्शिता भएको छ । साथै खर्च पनि व्यवस्थित भएको छ ।ु

यस्तै, चुनावमा मतदान दिँदा मतदाताले आधार खोज्ने भएकाले एनआरएनए निर्वाचनमा राजनीतिकको प्रभाव पर्न सक्ने आंकलन उहाँको छ ।

यसैगरि, संघको आर्थिक पक्षलाई अझैं व्यवस्थित गर्न र आर्थिक अनुशासन पालना गर्न आफूहरु सचेत रहेको पनि उहाँले बताउनु भयो । साथै आफ्नै कार्यकालमा संघमा हुने धेरै अनावश्यक खर्चलाई पनि कटौति गरेको उहाँको भनाइ छ ।

अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा श्रेष्ठको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर