उपत्यकाका विद्यालय भोली भदौ १५ गतेबाट सञ्चालनमा आउने — OSNepal

उपत्यकाका विद्यालय भोली भदौ १५ गतेबाट सञ्चालनमा आउने

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । लामो समय देखि बन्द रहेको उपत्यकाका केहि विद्यालय भोली भदौ १५ बाट खुल्ने भएको छ ।

काठमाडौं गोकर्णेश्वर नगरपालिकाले आज सोमबार एक विज्ञप्तीमार्फत स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी विद्यालय खोल्न लागेको जनाएको हो ।

सम्बन्धित निकायहरुसँगको छलफलपछि विद्यालय संचालन गर्ने सहमति भएको समेत विज्ञप्तीमा जनाइएको छ ।

यदि तोकिएको मापदण्ड पालना नभए कारवाही गर्न समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर