गगन थापाबाट कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा — OSNepal

गगन थापाबाट कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

LC (KTM) August 30, 2021 0

काठमाडौँ १४ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आज सोमबार आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले आफु महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

तथापी, थापा प्रधानमन्त्री शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल कुन पक्षबाट महामन्त्रीको उम्मेदवार बन्ने त्यो भने खुलाएका छैनन् । यो भन्दा अघि १३ महाधिवेशनमा पौडेल पक्षबाट उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर