काठमाडौं, १४ भदौ-नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।१३ औं महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए ।