सशस्त्र प्रहरीले गोली चलाउँदा २२ वर्षीय युवक घाइते — OSNepal

सशस्त्र प्रहरीले गोली चलाउँदा २२ वर्षीय युवक घाइते

LC (KTM) May 19, 2021 0

परासी — पश्चिम नवलरासीको प्रतापपुर कठहवामा सशस्त्र प्रहरीले चलाएको गो ली लागेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा प्रतापपुर–६ का २२ वर्षीय अभिनाश राजभर रहेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्रले राजभर माथी गोली चलाएको हो ।

उनको खुट्टामा गोली लागेको छ । भारत जान खोजेका राजभरलाई सशस्त्र प्रहरीले रोकेको विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

झडपमा सशस्त्र प्रहरीका नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएका छन् । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर