दार्चुलामा बाढीपहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, दुई बेपत्ता — OSNepal

दार्चुलामा बाढीपहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, दुई बेपत्ता

LC (KTM) August 30, 2021 0

काठमाडौं, १४ भदाै-लगातारको वर्षाका कारण दार्चुलाका विभिन्न भेगमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । बाढीपहिरोले जिल्लाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति गरेको हो ।

बाढीले घर, खेत, पुल र लघुजलविद्युत् आयोजनासमेत बगाएको छ । पहिरोले घर पुरिँदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले न्युज कारखानालाई जानकारी दिए।

राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो भट्टले बताए । यस्तै दुहु गाउँपालिकाको–५ दुल्लामा बाढी घरसहित बगाएर मनुवा डडालको पनि मृत्यु भएको भट्टले बताए । कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको उनले जानकारी दिए । बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको छ।

सो क्षेत्रमा ५ वटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन् । यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको भट्टले जानकारी दिए । निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुईवटा झोलुंगे पुल र आधा दर्जन घर तथा पसलहरु बगाएको छ ।

दार्चुला–तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ । यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ।

यस्तै महाकाली नगरपालिका–१ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको भट्टले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर