खराब काममा देउवाको अर्को कीर्तिमान ! — OSNepal

खराब काममा देउवाको अर्को कीर्तिमान !

LC (KTM) August 30, 2021 0

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खराब काममा कीर्तिमान थप्दै गएका छन्। उनको पछिल्लो ‘ब्याड रेकर्ड’ मा मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु भएको छ।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। यसअघि उनी नपालकै सबै भन्दा जम्बो मन्त्रिपरिषद् , सबै सांसदलाई गाडी, बैंककमा माननीयहरुको लाबालक्सर लगेको, कुनै पनि बेलामा बहुमतको सरकार बन्ने नसकेको, भएको संसद राजालाई बुझाएको, आफूलाई प्रधानमन्त्री दिएपछि शाही शासन सच्चिएको भनेको लगायतका थुप्रै ‘ब्याड रेकर्ड ’ उनका छन्।
कसैले पनि रेकर्डलाई भुल्न सकिँदैन । त्यो इतिहासको कालो भाग हो ।

अहिले उनी प्रधानमन्त्री बनेदेखि नै दुःखद यात्रा अगाडि बढाइरहेका छन् । पाँच दलीय गठबन्धनबाट उनी चलिरहेका छन् । राष्ट्रिय जनमोर्चा नेपाल ९जसका एकमात्र सांसद० सरकारमा जाने आशा पनि राख्दैन । तर समर्थन छ । त्यसबाहेक सबै आतुर छन् सरकारमा जान ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्लंघन गर्दै आफूलाई मनलाग्दी शैलीमा सरकार चलाउन खोजेपछि वाध्य भएर अदालतले परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई आदेश दिएको थियो । सोहीअनुसार दोस्रो ठूलो दल कांग्रेसले सरकारको नेतृत्व पाएको हो ।

तर सरकारमा सहभागी हुनका लागि सत्ता साझेदारी गर्ने नेकपा माओवादी केन्द्र, एमालेबाट छुट्टिएको माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र जसपाबाट छुट्टिएको महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पाटीर्ल आफ्ना मन्त्रीहरु जुटाउनु सकेका छैनन् । लोसपा सरकारमा जाने टुङ्गो छैन ।

इच्छा गरे पनि त्यसमाथि जसपा अध्यक्ष उपेन्द्र यादव नै तगारो बनेको बताइन्छ । लोसपा सरकारमा गयो भने जसपाले पाउने एक भाग कम हुन्छ । लोसपा सरकारमा जाने बित्तिकै जसपाले पाँच मन्त्रालय मात्र पाउँछ । जसपाले छ मन्त्रालयमा दावी गरेको छ । यद्यपि उसले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना रहेको बतान्छ ।

लोसपालाई सरकारमा नलैजान उपेन्द्र यादवले देउवा र माआवादी केन्द्रका अध्यक्ष्पष्पकमल दाहाल प्रचण्डलाई भेटेर आग्रह्र गरेको छन्। जसपा सत्तारुढ गठबन्धनको एक सदस्य भएको हैसियसले पनि यादवको आग्रहलाई देउवा र प्रचण्डले गम्भीरपूर्वक लिएका बतान्इछ । महन्थ ठाकुरले सरकारमा जाने सहज नदेखेपछि शुक्रबारमात्रै अहिले सरकारमा जाने कुनै योजना नै नबनेको बताएका छन् ।

उनले यसबारेमा देउवासँग छलफलसमेत नभएको बताए । ठाकुर दलसम्बन्धी अध्यादेश ल्याएर आफूलाई फुट्नका लागि देउवाले सहज पारिदिएपछि ठूलो गुन सम्झेर बसेका छन् । जसपाका शीर्ष नेताहरू हाल प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन विभिन्न प्रदेशमा पुगेका छन्। काठमाडौं बाहिर जानुअघि नै यादवले देउवा र प्रचण्डलाई भेटेका थिए । तर लोसपाले दुई मन्त्री र एक राज्यमन्त्री पाए सरकारमा जान खोजेको बताइन्छ । तर निश्चित छन्।

ओली नेतृत्वको सरकारमा लोसपाका १० मन्त्री १९ दिनसम्म र एक मन्त्री १३ दिनसम्म मन्त्री भएका थिए। सर्वोच्चको आदेशपछि उनीहरु सरकारबाट बाहिरिएका थिए । त्यसैले पनि लोसपा नेता राजेन्द्र महतोलाई फेरि सरकारमा जान मन छ ।

एकीकृत समाजवादीले मन्त्री छान्दैछ । तर निर्णय गर्न सकेको छैन । माओवादीमा अझै समस्या छ । सन्तुलित गराउन सकस भइरहेको बुझिन्छ । अहिले प्रधानमन्त्रीसहित कांग्रेसका तीन र माओवादीका दुई गरी पाँच मन्त्रीमात्र सरकारमा छन् । जनभावना साप्ताहिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर