वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टको निधनप्रति ओलीबाट स-सम्मान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त — OSNepal

वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टको निधनप्रति ओलीबाट स-सम्मान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन प्रति दुखी भएका छन् । अल्जाइमर रोगबाट पीडित भट्टको आज बिहान सोमबार ८५ वर्षको उमेर निधन भएको हो ।

अध्यक्ष ओलीले भनेका छन् , ‘देशकै सम्मानित बौद्दिक व्यक्तित्व प्राध्यापक आनन्ददेव भट्टको निधनको खबरबाट असाध्यै दुस्खी छु। नेपाली साहित्यका अविराम साधक वरिष्ट साहित्यकार भट्ट प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो।’

उनले ट्वीटर मार्फत सिंगो देश र विशेषतस् बैतडीमा त नेतृत्वमै रहेर आफ्नो पार्टीको आधार निर्माणमा महत्त्वपूर्ण योगदान गरेको बताएका छन् ।

नेपाली साहित्यका अविराम साधक वरिष्ट साहित्यकार भट्ट प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य भएको पनि ओलीले जनाएका छन् ।

ओलीले ट्वीटरमा लेखेका छन् , ‘उहाँले सिंगो देश र विशेषतस् बैतडीमा त नेतृत्वमै रहेर हाम्रो पार्टीको आधार निर्माणमा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो।उहाँको निधन प्रगतिशील क्षेत्रमा ठूलो क्षति हो।म आदरणीय भट्टज्यूप्रति स-सम्मान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

‘देशकै सम्मानित बौद्दिक व्यक्तित्व प्राध्यापक आनन्ददेव भट्टको निधनको खबरबाट असाध्यै दुस्खी छु। नेपाली साहित्यका अविराम साधक वरिष्ट साहित्यकार भट्ट प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर