कोभिडमा बालबालिकालाई सहयोग गर्न ७० लाखको परियोजना — OSNepal

कोभिडमा बालबालिकालाई सहयोग गर्न ७० लाखको परियोजना

LC (KTM) August 30, 2021 0

इलाम, १४ भदौ-कोभिड-१९ का कारण बालबालिकालाई परेको असर न्यूनीकरणका लागि ३० स्थानीय तहमा विपद् सहयोग परियोजना सुरु भएको छ ।किण्डरमिसनरेक जर्मनीको आर्थिक सहयोगमा मानव अधिकार मञ्च नेपाल मार्फत एक वर्षका लागि परियोजना सुरु भएको हो । नेपालमा कोभिडको तेस्रो भेरिएन्टको जोखिम भएको र तेस्रो भेरियन्टको बालबालिकामा बढी जोखिम हुने भएकाले बालबालिका लक्षित परियोजना सुरु भएको जनाइएको छ ।

परियोजनामार्फत कोभिड र हिंसाका कारण जोखिममा परेको बालबालिकाको आतकालीन उद्धार, मनोविमर्श सेवा दिने र संरक्षणमा सहयोग गर्ने, पारिवारिक पुर्नमिलन, पुनर्स्थापना तथा समन्वय र सहजीकरण हुने छ ।

स्थानीय सरकारको विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयनको सुनिश्चितता गर्ने र कोभिड-१९ जोखिमको बेला संस्थाको आपतकालिन सेवालाई प्रवद्र्धन र सेवा प्रवाह गर्ने मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर