दुर्गमको सहारा हवाइ उद्धार : अछामका ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार — OSNepal

दुर्गमको सहारा हवाइ उद्धार : अछामका ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार

LC (KTM) August 30, 2021 0

अछाम, १४ भदौ-‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ ।दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाइ उद्धारसम्बन्धी कार्यविधि अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमबाट उनीहरूको उद्धार गरिएको हो ।

आर्थिक वर्ष २०७५/७६ देखि अछाममा सुरु भएको यस कार्यक्रम अन्तर्गत ६ भदौमा एकैदिन दुई गर्भवतीको हवाइ उद्धार गरिएको छ ।निःशुल्क हवाइ उद्धारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी र नवजात शिशुलाई सहज भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर