अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा पिएसजीले निकाल्यो शानदार जित, एम्बाप्पेले गरे कमाल — OSNepal

अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा पिएसजीले निकाल्यो शानदार जित, एम्बाप्पेले गरे कमाल

LC (KTM) August 30, 2021 0

काठमाडाैं, १४ भदाै । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । याे सिजनमा बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन् । मेस्सीले वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवश गरेका हुन।

यसअघि मेस्सी कोपा अमेरिकाको उपाधि जितेपछि मैदान बाहिर रहँदै आएका थिए । मेस्सीको डेब्यु खेलमा पिएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदूपयोग गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए ।

जितसहित पिएसजीले चार खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । राइम्स ३ अंकसहित रेलिगेशन जोन नजिक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर