इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडको संघर्ष पुर्ण जित — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडको संघर्ष पुर्ण जित

LC (KTM) August 29, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्ष पुर्ण जित निकालेको छ ।आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्समाथि एक शुन्यको संघर्षपुर्ण जित निकालेको हो । उल्भ्स भने घरेलु मैदानमा स्तब्ध बन्यो । युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउडले निर्णायक गोल गरे।

उनले खेलको ८१ औं मिनेटमा गरेको गोल नै युनाइटेडले जितका लागि पर्याप्त भयो । आजको जितसँगै युनाईटेडले ३ खेलमा ७ अंक जोडेको छ। युनाईटेडको यो दोस्रो जित हो। युनाईटेड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। उल्भ्सको यो लगातार तेस्रो हार हो। अंक विहीन उल्भ्स १८ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर