स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको दोस्रो जित — OSNepal

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको दोस्रो जित

LC (KTM) August 29, 2021 0

मेस्सी बिनाको बार्सिलोना अहिले झनै चम्किरहेको छ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो जित निकाल्न सफल भएको छ । आइतबार राति भएको खेलमा गेटाफेलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एक एक गोलको योगदान दिए । गेटाफेका सान्ड्रो रामिरेजले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए । यो दोस्रो जितसँगै बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ । बार्सिलोना चौंथो स्थानमा रहेको छ । गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अंक जोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर