भारतीय सिरम इन्स्टिच्यूटले भन्यो -नेपालमा तत्काल कोरोना विरुद्धको आउँदैन — OSNepal

भारतीय सिरम इन्स्टिच्यूटले भन्यो -नेपालमा तत्काल कोरोना विरुद्धको आउँदैन

LC (KTM) May 19, 2021 0

काठमाडौँ ५ जेठ । भारतबाट केहि समय अगाडी आएको कोरोना विरुद्धको खोपको दोस्रो डोज भने तत्काल नआउने भएको छ । भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गर्दै आएको कोरोना विरुद्धको खोप अब नेपाल आउँन कम्तीमा पनि ८ महिना लाग्ने भएको छ ।

सिरम इन्स्टिच्यूटले एक विज्ञप्ती जारी गर्दै पहिलो प्राथमिकता भनेको आफ्नो देशको नागरिक भएकाले यो वर्षको अन्तिम सम्ममा मात्र खोप निर्यात गर्न सकिने उल्लेख गरेको छ । जारी गरिएको विज्ञप्तीमा भनिएको छ,’नेपालले अब भारतको भर नपरि तत्काल अर्को विकल्प खोज्नुपर्छ , नेपालले अग्रिम भुक्तानी गरेपनि कोरोनाको दोस्रो लहर सुरु भएपछि समय तालिका अनुसार खोप पाउन नसकिएको अवस्था छ’ । खोप खरिदका लागि नेपालले भारतसमक्ष कूटनीतिक पहल जारी राखेको भए पनि अझै केही महिना भारतले निर्यात गर्न असमर्थ हुने प्रष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर