समुन्द्रमा डल्फिन माछा खेलिरहेको सबैले देखेकै छ । तर यस्तो दृश्य देखिएको छ कि पिंक कलरको डल्फिनले समुन्द्रमा डुबुल्की मार्दै गरेको । अहिले सामाजिक सञ्जालमा एक भिडियो एकदमै धेरै भाइरल भइरहेको छ कि जसमा एकदमै दुर्लभ मानिएको गुलाबी अर्थात पिंक कलरको डल्फिन समुन्द्रमा डुबुल्की मारिरहेको देखिएको छ ।
सोलो पैरा क्युरियोस नामको ट्वीटर युजरले यो भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । गुलाबी डल्फिन देखेर सबै ब्यक्ति एकदमै अचम्मित भएका छन् । उनीहरुले यो भिडियो हेरेर प्रतिक्रिया दिदै भनेका छन्– यो एकदमै अद्भुत र अबिश्वसनीय रहेको छ ।
हालै यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सोधेका छन् कि यो एक आनुबांशिक उत्परिवर्तन या कुनै कारण यो डल्फिन माछा गुलाबी देखिएको हो । यस बिषयमा एक प्रयोगकर्ताले नै जवाफ दिदै भनेका छन् कि अमेजन नदीमा गुलाबी डल्फिन रहेको छ ।