इंग्लिस प्रिमियर लिग : ह्युङ मिन सनको निर्णायक गोल संगै टोटेनहमको अपराजित यात्रा कायमै — OSNepal

इंग्लिस प्रिमियर लिग : ह्युङ मिन सनको निर्णायक गोल संगै टोटेनहमको अपराजित यात्रा कायमै

LC (KTM) August 29, 2021 0

ह्युङ मिन सनको एक मात्र निर्णायक गोल संगै टोटेनहमले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकाल्न सफल भएको छ । आइतबार भएको खेलमा वाट्फोर्डलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै टोटेनहमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले फ्रिकिकबाट गोल गर्दै टोटनहेमको अपराजित यात्रामा महत्वपुर्ण योगदान दिए ।

यो जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ३ खेलमा शतप्रतिशत जितसहित ९ अंक जोडेको छ । वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर