नेकपा एमालेको कारवाहीमा परेका माधव नेपालसहित १४ जना सांसदको पद अब नजाने — OSNepal

नेकपा एमालेको कारवाहीमा परेका माधव नेपालसहित १४ जना सांसदको पद अब नजाने

LC (KTM) August 29, 2021 0

काठमाडौँ १३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदको पद अब नजाने भएको छ ।

पार्टीको निर्देशन विपरित काम गरेको भन्दै माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारवाही अब पार्टी नै परिर्वतन गरेकाले यस विषयमा निणर्य गर्न नपर्ने संसद सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगमा छुट्टै दल दर्ता भएर आएकाले उनीहरुको सम्बन्धमा कारबाही गर्नुपर्ने अवस्था नभएको सचिवालयले जनाएको छ ।

अध्यक्ष केपी ओलीले पार्टी दर्ता हुनु अगावै कारवाही गरेको पत्र संसद सचिवालय पठाएको भएपनि अब नेपालसहित १४ जना सांसदलाई कारवाही नहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर