दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए चावी — OSNepal

दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए चावी

LC (KTM) August 29, 2021 0

काठमाडौँ १३ भदौ । आफ्नो व्यवसाय प्रति सरकारले कुनै चासो नदेखाएको भन्दै काठमाडौं दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई आज चाबी बुझाएका छन् ।

लामो समय देखि बन्द रहेको दोहोरी साँझ र रात्रीकालीन व्यवसाय अझैं चलायमान भएको छैन । लामो समय देखि बन्द रहेको हुनाले सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएको भन्दै आज प्रमुख जिल्ला अधिकारीलाई चावी बुझाएको जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तमिा भनिएको छ ,’अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं’ ।

विज्ञप्तीमा आफूहरुको व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यवसायिक घाटाको जिम्मालगायत सम्पूर्ण कलाकार, मजदुरको रोजगारीको ग्यारेन्टीसहित व्यवसायीको चाबी बुझिलिनुहुन हार्दिक अनुरोध गर्दछौं’ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर