नेपालमा आज १,३८८ जनामा कोरोना पुष्टि, लाग्ने भन्दा निको हुनेको संख्या दोब्बर — OSNepal

नेपालमा आज १,३८८ जनामा कोरोना पुष्टि, लाग्ने भन्दा निको हुनेको संख्या दोब्बर

LC (KTM) August 29, 2021 0

काठमाडौं । नेपालमा आइतबार १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । मन्त्रालयका अनुसार २२६० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

आइतबार थपिएका २४ जना सहित नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् । यसैबिच यो समाचार तयार पार्दासम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५५२ जना स्वास्थ्यकेन्द्रमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर