काठमाडौं १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पहिलो संसदीय दलको बैठकमा आफ्नो पार्टीमा एमाले प्रवृति नदोहोरिने बताएका छन् ।
आज संसद भवनमा बसेको बैठकमा आफुले कम्युनिस्ट आन्दोलन बचाउनका विद्रोह गरेको बताउँदै नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
एमालेमा अध्यक्ष केपी ओलीको एकलौटी हस्तक्षेप हाबी भएको समेत बैठकमा नेपालले आरोप लगाएका छन् । अहिले कुनै पार्टीसँग पनि एकिकरण नगर्ने बताएका उनले देशव्यापी रुपमा बलियो संगठन बनाउने बताएका छन् ।
उनले कसैलाई भ्रममा नपर्न भन्दै सबैको आकर्षणको केन्द्रविन्द्र आफ्नो पार्टी पर्ने समेत बताएका छन् ।