जंगलमा काठ काट्न नपाएपछि चँदारा जातिको ठेकी बनाउने पेसा संकटमा — OSNepal

जंगलमा काठ काट्न नपाएपछि चँदारा जातिको ठेकी बनाउने पेसा संकटमा

LC (KTM) August 29, 2021 0

बाजुरा, १३ भदौ- बाजुरामा आलो काठबाट विभिन्न किसिमका सामग्री पछिल्लो समय लोभ हुँदै गएको छ । काठको काम गरेर जीविकोपार्जन गर्ने स्थानीयले पछिल्लो समय सोबाट बन्ने सामग्री बनाउन नपाउँदा समस्या भएको छ । सामुदायिक वनले आलो काठ काट्न नदिँदा व्यवसायीहरु थप समस्यामा पर्ने गरेका छन् ।

सुदूर र कणार्ली प्रदेशका पहाडी जिल्लामा काठको काम गरेर जीविकोपार्जन गर्नेहरुको पेसा पछिल्लो समय संकटमा परेको छ । आलो काठबाट मोही पार्ने ठेकी, पीठो मुछ्ने कोसी, कचौरा बनाएर आफ्नो गुजारा चलाउने चँदारा जातिको सामुदायिक वनले काठ काटे कारबाही गर्ने भएपछि पेसा संकटमा परेको हो । स्वामीकार्तिक खापर गाउँपालिका–३ ठूलापाटाका दल चदाराका अनुसार उपभोक्ता समितिले काठ काट्न नदिँदा धेरैले यो पेसा छाडिसकेका छन् ।

चदाराले भने, ‘काठका कोसी, मुसल, ठेकी फुरु, गिला र कचौरा बनाएर गाउँमा त्यसमा भरेर खाद्यान्न साटेर आफ्नो दैनिकी चलाउने गरेका थियौं । अहिले यो पेसाले घरधन्दा नचल्ले भएपछि हामीले भारत गएर चौकीदारी गर्नुको विकल्प छैन । हरेक गाउँमा सामुदायिक वनले आवश्यक पर्ने काठ काट्न नदिने र काठ काट्दा थाहा पाएमा डण्ड जरिवाना गर्ने र सामग्रीहरु लुटिदिने भएकाले समस्या भएको छ । पछिल्लो पुस्ताले त्यो पेसालाई ग्रहण गर्न सकेको छैन ।’

परम्परागत रुपमा चँदारा जातिले यसैबाट दैनिक गुजारा चलाउँदै आएका थिए । तर पछिल्लो समय बजारमा स्टिलका सामान आउने आगरेका छन्, सजिलो हल्का हुने भएकाले स्थानीयले काठको सामानको प्रयोग कम गर्ने गरेका छन् । परम्परागत पेसालाई आधुनिकीकरण गर्न नसक्नु र कतैबाट सहयोग नपाएका कारण पछिल्लो समय चँदारा जातिको काठका समान बनाउने पेसा संकटमा परेको हो ।

सो जातिले वर्षभरि खलोको भरमा काठका सामग्री उत्पादन गरेर काठको सामान दिने र त्यसमा भरेर ल्याएको अन्नले आफ्नो परिवार पाल्ने गदछन । भाडीमा ठेकी किन्न आएका अरबिन्द्र सिंहले भने, ‘गाउँमा काठको भाँडा नपाएर मात्र स्टिको भाँडा प्रयोग गर्नुपर्ने बाध्यता छ । गाईभैसीको दूध काठको भाँडामा जति मिठो हुन्छ, त्यति मिठो स्टिलको भाँडामा हुँदैन, गाउँमा भाँडी (काठको सामान कोर्ने मेसिन) चलाउने कमै छन्। पहिलेको जस्तो जहाँतहीँ पाइँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर