काठमाडौं १३ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर जानेहरुलाई विषेश धन्यावाद दिएका छन् ।
दलले मान्यता पाएसँगै पहिलो पटक आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले नेता भीम रावल , सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतक ा नेताहरुलाई नेता नेपालले यस्तो भनेका हुन् ।
बानेश्वरको ल्होत्से भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘सर्वोच्चमा सशरीर उपस्थित भई आफ्नो परिचय दिएकोमा धन्यवाद,त्यहाँ उपस्थित भएका सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु,विद्रोही मानसिकताका साथ साथ दिने कमरेडहरूलाई विशेष धन्यवाद छ ।’
बैठकमा नेता नेपालले आफुहरुले अन्तिम सम्म पनि कोसिस गरेको भएपनि केहि उपलब्धी नभएको बताएका छन् ।