काठमाडौँ १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा पाएका छन् ।
आजको बसेको पार्टीको पहिलो संसदीय दलको बेठकले अध्यक्ष नेपाललाई यस्तो अधिकार दिएको हो ।
नयाँ बानेश्वरको संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा नेपाललाई मन्त्री छान्ने जिम्मा दिने प्रस्ताव अघि सारिएको थियो ।