हल्दिवारीमा गाउँ नै एमाले प्रवेश : ५१ परिवारका १५० भन्दा बढिले छोडे काङ्ग्रेस — OSNepal

हल्दिवारीमा गाउँ नै एमाले प्रवेश : ५१ परिवारका १५० भन्दा बढिले छोडे काङ्ग्रेस

LC (KTM) August 29, 2021 0

एनवी भारध्वज : हल्दिवारी ,झापा । झापाको हल्दिवारी गाउँपालिका कदम चोकका ५१ परिवार का १५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छ्न ।केही समय अगाडि नेपाली काङ्ग्रेसले झुक्याएर काङ्ग्रेस प्रवेश गराएको भन्दै गाउँ नै एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छ्न ।

दुनु मेचे,सोनाम कर्माकार ,गोपाल कर्माकार ,सुर्य किरण मेलमिलाप समाजका अध्यक्ष आशिलाल मेचे लगायत हल्दिवारी २ र ३ कदम चोकका ५१ परिवारलाई हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा नेकपा एमाले जिल्ला सदस्य डम्बरबहादुर गिरि ,वडा अध्यक्ष त्रिलोचन सापकोटा लगायतले खादा तथा अबिर लगाएर एमालेमा स्वागत गरेका छ्न ।

आफ्ना कार्यकर्तालाई ललाई फकाई काङ्ग्रेसले प्रवेश गराएको भन्दै एमाले संगठन बिस्तारमा तीब्र गतिमा लागेको र सोझा साझ नागरिक लाई ललाई फकाई काङ्ग्रेसले प्रवेश गराएकोमा एमाले हल्दिवारी ले भर्सना समेत गरेको छ ।

आजै हल्दिवारी १ र २ मा एमालेले कार्यकर्ता भेला सम्पन्न गरेको छ भने यो हप्ता भरिमा सबै जन बर्गिय संगठनलाई चलायमान बनाउने एमाले सचीव महेसलाल मेचेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर