सशस्त्र प्रहरीद्धारा २२ वर्षीय युवकमाथि गोली प्रहार — OSNepal

सशस्त्र प्रहरीद्धारा २२ वर्षीय युवकमाथि गोली प्रहार

LC (KTM) May 19, 2021 0

बुटवल ५ जेठ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । भारतीय सीमातर्फ जाँदै गरेका तिन जना नेपाली युवकहरुलाई रोक्न खोज्दा नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका हुन् ।

घाइते हुनेमा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय रहेको बुझिएको छ । प्रहरीले चलाएको गोलीबाट स्थानीय वासी भने त्रासमा रहेको पनि बुझिएको छ । यस विषयमा सशस्त्र प्रहरीले भने केहि भनेको छैन ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर